तपाईँ सुन्दै हुनुहुन्छः

एमसिसीका केही प्रावधान परिमार्जनगरी पारित हुन्छ : गृहमन्त्री थापा   

फाइल तस्बिर

सुर्खेत –  गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार भेटघाटका कार्यक्रममा उहाँले एमसिसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने बताउनुभयो ।

एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा उहाँले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले शान्ति र स्थायित्व विना मुलुकमा विकास सम्भव नभएको बताउनुभयो । उहाँले सरकारले अपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता राखेको जानकारी दिनुभयो ।

पछिल्लो समयमा निर्यात बढेको बताउनुभएका गृहमन्त्री थापाले अब सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको र विकास निर्माणका काम पनि निर्वाध अघि बढाएको बताउनुभयो ।

सरकारले गरेको लगानी सम्मेलन र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि लाभदायक भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मूलप्रवाहमा ल्याउने काम जारी नै रहेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button