तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षालाई श्रम र रोजगारीसँग जोडेर जानु पर्ने : मन्त्री पोखरेल

टीकापुर कैलाली । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गरिराजमणि पोखरेलले शिक्षालाई श्रम र रोजगारीसँग जोडेर जानुपर्ने बताउनुभयो ।

आजबाट टीकापुरमा शुरु भएको प्राविधिक शिक्षा तथा व्यवस्थापन तालिम परिषदको ३७औँ व्यवस्थापन समिक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले सिपयुक्त जनशक्ति उत्पादनको परिकल्पनासहित सरकारले प्राविधिक शिक्षा ऐन बनाउने प्रक्रियामा रहेको बताउनुभयो ।

सबैको लागि सिप भन्ने शिक्षाको अवधारणा रहेको हुनाले प्राविधिक शिक्षाबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा लागु भए समृद्धि हुने बताउनुभयो । उहाँले प्राविधिक धारको शिक्षाको योग्यता निर्धारणको लागि सरकारले राष्ट्रिय शिक्षा पेशागत अभियान चलाउने योजनामा रहेकोले खाका बनाई कार्य अगाडी बढाइ सकेको बताउनुभयो ।

टीकापुर पोलीटेक्निक इन्ष्टिच्यूटको आयोजनामा आजबाट शुरु भएको गोष्ठी १३ गतेसम्म चल्ने छ ।  गोष्ठीमा देशभरीका ५७ ओटा सिटीइभिटीका आंगिक क्याम्पस प्रमुखहरु, सात वटै प्रदेशका सिटीइभिटीका प्रमुखहरु, २१ जना निर्देशकहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button