तपाईँ सुन्दै हुनुहुन्छः

बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा दिवा छात्रावास सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा दिवा छात्रावास सञ्चालन गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहराका अनुसार विद्यार्थीहरूको पढाइलाई थप गुणस्तरीय बनाउन  गत सोमबारदेखि दिवा छात्रावास सञ्चालन गरिएको हो । दिवा छात्रावास विद्यालय समय बाहेक बिहान छ बजेदेखि साँझ छ बजेसम्म सञ्चालन हुँदै आएको छ ।
गत शैक्षिक सत्रमा  लालझाडी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरू मै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा विद्यार्थीहरूको शैक्षिक गुणस्तरलाई थप मजबुत बनाउन अभिभावकहरूको सुझावमा उक्त कार्य थालनी गरिएको बताइएको छ ।
यस वर्ष पनि विद्यालयले गाउँपालिका भरिनै उत्कृष्ट नतिजा ल्याउने दाबी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button