तपाईँ सुन्दै हुनुहुन्छः

सिसौको काठसहित तीन जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीको बिशेष टोलीले अवैध सिसौको काठसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी खैरीचन्दनपुर र कोठियाघाट बर्दियाबाट खटिएको सयुक्त प्रहरी टोलीले शुक्रबार राती ११:००  बजे करिव एक लाख बराबरको (११ गोलिया) सिसौको काठसहित  तीन जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका खैरीचन्दनपुर बस्ने बर्ष ३५ को लालबहादुर थारु ,सो ही ठाउ बस्ने ३५ बर्षिय लाहामी थारु र राजापुर नगरपालिका खैरीचन्दनपुर बस्ने वडा नं.५ बस्ने ३४ बर्षिय भागीराम थारु रहेको प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनु भएको छ ।

अबैध सिसौको काठ सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय राजापुर बर्दियामा पठाईएको खड्काले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button