तपाईँ सुन्दै हुनुहुन्छः

२८५६औँ सोनाम ल्होसारको अवसरमा बारा, पर्सामा प्रदर्शनी तथा मेला

बीरगंज । २८५६औँ सोनाम ल्होछारको अवसरमा साङ्गे छोइलिङ बौद्ध गुम्बा बाराले अमलेखगञ्जमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।

प्रदेश सभा सदस्य सिता गुरुङले कार्यक्रमको उद्घाटन गर्नु हुदैँ ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजकको रुपमा यो पर्व रहेको र यो पर्व आपसी मित्रता र भाईचारको पर्वको रुपमा समेत विकसित हुदै गएको बताउनुभयो ।

पर्वको अवसरमा बौद्ध धर्मविश्व शान्ति चक्रसङ्गका महासचिब प्रेम दोर्जे लामाले विशेष पुजा पाठ गरी कार्यक्रमको प्रारम्भ गर्नु भएको थियो । सो अवसरमा नेकपाका केन्द्रिय सदस्य दिनेस कुमार राई, देबनारायण चौधरी, मनोज पौडेल, कृष्ण शाही ठकुरी, मणिकलाल थिङलगायतले नया बर्षको तामाङ्ग समुदायलाई नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो ।

गुम्बाका अध्यक्ष फुलमया लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण गोपाल घलान र भिक्षु डिबिले गर्नु भएको थियो ।

कार्यक्रममा तामाङ जातिको मौलिक भेषभूषा, सांस्कृतिक गतिविधि, खाना लगायतको प्रदर्शनी समेत गरिएको थियो । त्यसैगरी सो अवसरमा तामाङ्ग जातिको सांस्कृतिक झाँकीसहित बाजागाजाको र्याली निकालिएको थियो ।

यसैगरी सोनाम ल्होसार पर्वको अवसरमा आज पर्सा जिल्लाको ठोरी तथा सुवर्णपूरमा समेत तामाङ्ग समुदायले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button