तपाईँ सुन्दै हुनुहुन्छः

संकटा क्लबद्वारा फ्रेन्ड्स क्लब पराजित

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले फ्रेन्ड्सलाई १–० गोलले पराजित गरेको हो । सकटालाई जित दिलाउन खेलको ६४ औं मिनेटमा अजायी मार्टिन्स कायोदेको गरेको गोल निर्णायक बन्यो ।

फ्रेन्ड्सले पनि गोल गर्ने केही मौका र्सिजना गरेपनि सफल हुन सकेन ।

जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ भने फ्रेन्ड्स ८ खेलमा ८ अंकसहित ११ औं स्थानमा रहेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।

यस्तै शनिवार सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटिले गोलरहित बराबरी खेलेका छन् ।

१० खेलाडीमा सीमित एनआरटीले आर्मीलाई बराबरीमा रोक्यो । १० खेलाडीमा सीमित न्युरोड टिम एनआरटी क्लबसँग आर्मी गोलरहित बराबरीमा रोकिएको हो ।

दुबै टिमबाट भएका प्रहार गोल रक्षकले रोकिदिए ।

एनआरटीसँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ । आर्मीले ८ खेलमा १७ अंक जोडेको छ भने एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button