तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको बाँसखर्कमा शीतभण्डार निर्माण

पर्वत । पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कमा शीतभण्डार निर्माण गरिएको छ ।

सुन्तला गाउँको नामले चिनिने बाँसखर्कमा किसानलाई सुन्तला भण्डारणका लागि शीतभण्डार निर्माण गरिएको हो ।

कृषि ज्ञान केन्द्र पर्वतको ४८ लाख ६२ हजार अनुदान, सहित झण्डै ७८ लाख ७१ हजारको लागतमा शीतभण्डार निर्माण भएको हो ।

शीतभण्डारको क्षमता १६ टन रहेको र त्यहाँ सिजनमा सुन्तला र अन्य मौसममा किसानले आलु र तरकारी भण्डारण गरिने बजारमारे सुन्तला उत्पादक सहकारी संस्थाका अध्यक्ष जगतवहादुर खत्रीले जानकारी दिनुभयो ।

जलजला गाउँपालिकाको बाँसखर्कका १७० घर परिवारले व्यवसायिक रुपमा सुन्तला खेती गरेर वर्षेनी ५ करोडका सुन्तला विक्री गर्दै आएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button