तपाईँ सुन्दै हुनुहुन्छः

सजगता अपनाउन सरोकारवालाहरुको आग्रह

काठमाडौं । चीनमा विकराल बन्दै गएको कोरोना भाइरसले नेपालमा पनि ठूलो रुप लिन सक्ने भन्दै सजगता अपनाउन सरोकारवालाहरुले आग्रह गर्नुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले साक्षात्कार कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था भने नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भाइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क रहेको उल्लेख गर्नुहुँदै छिमेकी देशमा नयाँ रोग फैलिँदा नेपालले पनि सतर्कता अपनाउने बताउनुभयो ।

चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिएपनि अरुमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले रुघा खोकी लाग्यो वा कोरोना भाइरसको आशंका लागेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल निःशुल्क स्वास्थ्य परीक्षण गराउने पनि पाण्डेले जानकारी दिनुभयो ।

सरुवा रोग विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले कोरोना भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाब दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button