तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस संक्रमणले गम्भीर परिस्थिति सृजना : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी जीनपिङले कोरोना भाइरसको संक्रमणले गम्भीर परिस्थिती सृजना गरेको बताउनु भएको छ ।

कोरोना भाइरसको संक्रमणले हालसम्म चीनमा ५६ जनाको मृत्यु भएको छ ।

भाइसका कारण चीन सरकारले चिँनिया नँया वर्षका सबै कार्यक्रम रद्द गरेको थियो ।

चीनको स्वसासित क्षेत्र हङकङले उक्त भाइरसको संक्रमणका कारण आपत्काल घोषणा गरेका छन् । कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर १४०० भन्दा बढी संक्रमित भइसकेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण अस्ट्रेलिया र मलेसियामा ४–४ जनामा देखिएको छ भने, फ्रान्स र क्यानडामा पनि संक्रमित भेटिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button