तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा म्याजिकको ठक्करबाट एकको मृत्यु

तनहुँ-तनहुँमा म्याजिकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनि गाउँपालिका १ सत्रसयमा शनिबार साँझ मोटरसाइकललाई म्याजिकले ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ ।

आबुखैरेनिबाट डुम्रे तर्फ आइरहेको ग १७ प ६३४८ को मोटरसाइकललाई ना १ ज ५८४७ न. को म्याजिकले ठक्कर दिदाँ मोटरसाइकलको पछाडी सवार बन्दिपुर १ छाप निवासी २१ वर्षीय चन्द्रबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक ९ वर्षीय आशिष आले घाइते भएका छन । घाइते आलेको खुट्टामा
चोट लागेको र थप उपचारको लागी चितवन पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । ठक्कर दिने म्याजिक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button