तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका सम्पूर्ण बजार दुई घण्टा बन्द

सल्यान । सल्यानका सम्पूर्ण बजारहरु दुई घण्टा बन्द हुने भएका छन् । सल्यान उद्योग वाणिज्य संघ सल्यानका सल्लाहाकार नरेश कुमार श्रेष्ठको निधनको शोकमा आज सल्यानका सम्पूर्ण बजार दुई घण्टा बन्द हुने भएका हुन ।

बिहान ११ बजेदेखि १ बजेसम्म जिल्लाका सबै बजार बन्द हुने सल्यान उद्योग वाणिज्य संघ सल्यानले शोक विज्ञप्ती मार्फत जानकारी गराएको हो । व्यापारी श्रेष्ठको निधनले खलंगा बजार शोकमा डुवेको छ ।

व्यापारी श्रेष्ठको शनिबार मृत्यु भएको थियो । जिल्लाका मुख्य बजार शितलपार्टी, खलंगा, कपुरकोट, सल्लीबजार, थारमारे, लुहाम लगायतका बजार बन्द हुने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button