तपाईँ सुन्दै हुनुहुन्छः

भेट्रान फुटबल खेलाडीद्वारा वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण

कञ्चनपुर । कञ्चनपुरमा रहेको सञ्जीवनी ११ महेन्द्रनगर भेट्रानले बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र रौटेला वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।

जेष्ठ नागरिक रौटेला वृद्धाश्रममा एक क्विन्टल चामल, पच्चिस किलो आलु र दालका साथै पाँच किलो नुन तथा पाँच लिटर तेल वितरण गरेको बताइएको छ ।

केही समय पहिले कञ्चनपुरकै पुनर्वासमा आयोजना गरिएको भेट्रान फुटबल प्रतियोगितामा सञ्जीवनी ११ महेन्द्रनगर भेट्रान च्याम्पियन बनेको थियो ।

वि.सं. २०५७ सालमा भवन निर्माण गरिएको थियो भने वि.सं. २०६३ सालको घटस्थापनाको दिन एक जनाको सेवाबाट वृद्धाश्रम शुरु गरिएको सञ्चालक बहादुर सिंह बिष्टले जानकारी दिनुभयो ।

उक्त बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्र रौटेला वृद्धाश्रममा हाल १५ जना वृद्ध र ट जना वृद्धाहरु गरी जम्मा २१ जना रहनुभएको छ भने थप दुईजना सञ्चालक रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button