तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक शुरु, सभामुखको निर्वाचन हुँदै (लाइभ)

 काठमाडौँ-  रिक्त सभामुख पदको निर्वाचनका लागि प्रतिनिधिसभाको  बैठक शुरु भएको छ  ।

सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button