२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट

रासस २०७६ माघ १२ गते १८:५५

सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज बम विस्फोट भएको छ । चिचिला गाउपालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ ।

बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ । कुकर बम पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन् ।

सम्बन्धित

एन आर एन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनमा

१ घन्टा अगाडि भुवनप्रसाद आचार्य