२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम औद्योगिक व्यापार मेला हुँदै

रेडियो नेपाल २०७६ माघ १३ गते ८:२३

भीमदत्तनगर-आगामी फागुन पहिलो सातादेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भीमदत्त नगरपालिकाको संयुक्त सहकार्य फागुन ७ देखि १७ गतेसम्म पर्यटन महोत्सव हुन लागेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष मल्लको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । लगानी अवसरको सिर्जना गर्ने, सहकारी, वित्तीय क्षेत्र तथा बैंकिङ क्षेत्रका सेवा र सुविधाको प्रदर्शनी, कृषि पेशालाई व्यावसायिकरुपमा उन्मुख गराउन सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको सङ्घले जनाएको छ ।

महोत्सवमा लघु उद्यम प्रदर्शनी, अटो प्रदर्शनी, गार्मेन्ट उत्पादन, कृषि प्रदर्शनी वैकल्पिक ऊर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरीय दैनिक उपभोग्य वस्तु तथा सांस्कृतिक कार्यक्रम आकर्षणका रुपमा रहने छन् । सङ्घले महोत्सवका लागि स्वागत तथा सत्कार, सुरक्षा व्यवस्थापन, प्रदर्शनीकक्ष छनौट र प्रायोजक समिति, सचिवालय एवं प्रचारप्रसार, सांस्कृतिक तथा बाल उद्यान समिति आर्थिक तथा महिला उद्यम समिति गठन गरेको छ ।

सम्बन्धित

खोपको दोस्रो मात्रा मङ्गलबारदेखि

८ मिनेट अगाडि रेडियो नेपाल