तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला आयुर्वेद अछामको सेवा वृद्धि

अछाम । जिल्ला आर्युवेदिक स्वास्थ्य केन्द्र अछामले आफ्ना सेवाहरुमा वृद्धि गरेको छ । आर्युवेदिक केन्द्रले आर्युवेदिक औषधीप्रति नागरिकको बिश्वास बढ्दै गएको भन्दै कार्यालयबाट प्रदान गरिने सेवामा वृद्धि गरेको हो ।

बिगतका दिनहरुमा सेवाग्राही आर्युवेदिक औषधीहरुको फाइदाका विषयमा जानकारी नहुँदा अछाममा यसको प्रयोगदर बढ्न सकेको थिएन, तर अहिले आर्युवेदिक केन्द्रले बिभिन्न किसिमका नयाँ बिधिबाट बिरामीको चेकजाँच गर्ने गरेपछि सेवाग्रहीको संख्या पनी बढ्न थालेको कार्यलयका प्रमुख गजेन्द्रप्रशाद कुशवाहले जानकारी दिनुभयो ।

आर्युवेदिक औषधीले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे नागरिकले बुझ्न थालेका कारण कार्यालयको सेवाप्रति चाँसो बढ्दै गएको हो ।
जिल्लाका नागरिकहरुको सेवाका लागि लामो समयदेखि सञ्चालनमा रहेको जिल्ला आर्युवेदिक केन्द्र मंगलसेनमा पहिला दैनिक ४/५ जना सेवाग्राहीको संख्या हुने केन्द्रमा अहिले दैनिक ३०/४० जनाले सेवा लिइरहेको कार्यालयका प्रमुख कुशवाहले बताउनुभयो ।

केन्द्रले अहिले स्वस्थ जिवन कार्यक्रम पनी सञ्चालनमा ल्याएको छ । आर्युवेदिक केन्द्र मंगलसेनले माईग्रेन, चिसोको लागि तोरीको तेल र गर्मीका लागि तिलको तेललाई शिरुधारा पद्धसतिबाट उपचार गरीरहेको छ ।

यस्तै कार्यालयले सुत्केरी आमाको लागि स्तनपाई आमा लगाएतका नयाँ योजनाका साथ सेवा सुबिधा पनि सुरु गरेको छ । केन्द्रमा वाथरोग, जण्डिस, ग्यास्ट्रिक, स्त्रीरोग, ज्वरो लगाएतका रोगको निवारणका लागि आर्युवेदिक औषधी पाईन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button