तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त सभामुख सापकोटाद्वारा पदभारग्रहण

काठमाडौँ । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहण गर्नु भएको छ । संसद सचिवालय सिहंदरबारमा आज सभामुखको पदभार ग्रहण गर्नुहुदैँ सापकोटाले संसद नियमित रुपमा लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।

सभामुख सापकोटाले विधेयकहरुको प्रमाणिकरण, संसद सचिवालयमा दर्ता भएका विधेयक संसदमा लैजाने र प्राथमिकताका आधारमा क्रमस पास गर्दै जाने पनि बताउनुभयो ।

सभामुख सापकोटाले अदालतमा विचाराधिन रहेको मुद्दा र बहसमा रहेको एमसिसिमा हतारमा प्रतिक्रिया दिइहाल्न आवस्यक नरहेको बताउनुभयो ।

नवनियुक्त सभामुख सापकोटाले पदभार ग्रहण गर्दै संसदमा दर्ता भएको कारागार सम्बन्धी एकीकरण र संशोधन गर्न विधेयक छलफलका लागि संसदमा लैजाने निर्णयमा हस्तारक्षर गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button