तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी न्यून चापीय प्रणालीका कारण आजदेखि पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ  । आजदेखि पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका विभिन्न भागमा यो हप्ता वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज जारी गरेको विशेष बुलेटिनमा आज राति तथा भोलि देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपात हुने र पर्सि बुधबार देशभरनै सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपात हुने उल्लेख छ ।

बुधवार पश्चिमि क्षेत्रका एक दुई स्थानमा भारी हिमपातको सम्भावना देखिनुका साथै  पश्चिमी तथा मध्य पहाडी र तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम तथा पूर्वी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बिहिवारसम्म यो मौसमी प्रणालीको प्रभाव रहने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button