तपाईँ सुन्दै हुनुहुन्छः

बलत्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ

जाजरकोट । जाजरकोटमा एक महिलालाई बलत्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भेरी नगरपालिका २ डिंगाका ४६ बर्षिय दलबहादुर पुनलाई बलत्कार प्रयास गरेको आरोपमा जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

स्थानिय एक महिलालाई जर्वजस्ती गर्ने प्रयास गरेपछि ति महिलाले प्रहरीमा जाहेरी दिएकी थिईन् । प्रहरीले पिडित महिलाको जाहेरीका आधारमा पुनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पुनलाइ पाँच दिन थुनामा राखि अनुसन्धान गर्न जिल्ला अदालतले आईतबार आदेश दिएको छ ।

जर्वजस्ती करणी उद्योगमा उनलाई मुद्दा चलाउने गरी मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक हेरम्ब पाण्डेले बताउनुभयो ।

जाजरकोटमा पछेल्लो समय बलात्कारका घटना बढेको प्रहरीले जनाएको छ । प्रहरीले चार महिनाको अवधिमा बलात्कार आरोपमा छ जनाभन्दा बढीलाई पक्राउ गरीसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button