तपाईँ सुन्दै हुनुहुन्छः

एनसेल टावरहरुमा आगजनी

काठमाडौँ । विभिन्न स्थानमा रहेका दूरसञ्चार प्रदायक एनसेलका टावरमा आगजनी भएपछि त्यस क्षेत्रमा सञ्चार सम्पर्कमा बाधा पुगेको समाचार छ ।

चितवन, सिन्धुली, रामेछाप, पाल्पा, सर्लाही, नवलपरासी, सल्यान लगायतका जिल्लास्थित एनसेल टावर र उपकरणमा अज्ञात समूहले आगजनी गराउँदा उपकरण लगायतमा क्षति पुगेको छ ।

चितवनको खैरहनी नगरपालिका वडा नं. २ , सिन्धुलीको मरिण गाउँपालिका–७ , रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–७ गुम्सी, पाल्पाको बगनासडाँडा,सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुर, पश्चिम नवलपरासीकोे रामग्राम नगरपालिका करमैनी तथा सल्यान जिल्लाको शारदा नगरपालिका १३ लेखटाकुरा र बनगाड कुपिन्डे नगरपालिका ४ देउलीमा रहेको एनसेलको टावरमा गएराती आगजनी भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button