२०७८ साल वैशाख ५ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

म पार्टीको जिम्मेवारीमा फर्कन्छु : पूर्व उपसभामुख तुम्बाहाङफे

चिरञ्जीवी मास्के २०७६ माघ १३ गते १६:०९

दोलखा । पूर्व उपसभामुख शिवमाया तुम्बाहाङफेले आफु पार्टीको जिम्मेवारीमा फर्कने र सक्रियतापूर्वक काम गर्ने बताउनु भएको छ ।

नीजि भ्रमणको क्रममा दोलखा आउनु भएका पूर्व उपसभामुख तुम्बाहाङफेले सभामुखको विषय अब पुरानो भइसकेकोले त्यसबारे चर्चा गर्नु आवश्यक नरहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाको पार्टी कार्यालयमा भएको भेटमा पूर्व उपसभामुख तुम्बाहाङफेले पार्टीले सभामुखमा उपयुक्त र सक्षम व्यक्तिलाई पठाएको पनि बताउनुभयो ।

तपाई अब अर्को नयाँ जिम्मेवारीमा जाँदै हुनुहुन्छ हो ? भन्ने पत्रकारहरुको जिज्ञासामा पूर्व उपसभामुख तुम्बाहाङफेले आफु पार्टीको जिम्मेवारीमा फर्कने उल्लेख गर्नुभयो । म पहिले पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा नै थिए र अब पनि केन्द्रीय सदस्यको रुपमा महत्वपूर्ण जिम्मेवारीमा फर्कन्छु , तुम्बाहाङफेले भन्नुभयो ।

संविधानमा संसदीय फाँट र स्थानिय तहमा महिलाको प्रतिनिधित्व अनिर्वाय गरेपछि महिला सहभागितामा वृद्धि भएको उहाँले बताउनुभयो । तर पनि अझै महिलालाई उपप्रमुखमात्र बनाउने परिपाटी हराउन नसकेको तुम्बाहाङफेको भनाई थियो । संविधान या पार्टीको विधानमा महिलालाई उपमात्र बनाउने कुरा छैन् तर व्यवहारमा अझै त्यस्तै देखिएको छ पूर्व उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो – यो दुःखद विषय हो । योग्यता, क्षमता र सक्रियताको आधारमा सबैठाँउमा महिलाको प्रतिनिधित्व समान ठङ्गले हुनुपर्ने तुम्बाहाङफेले बताउनुभयो ।

स्थानिय तहलगायत महिलाको नेतृत्व भएको हरेक ठाँउमा राम्रो काम भएको उहाँले बताउनुभयो । स्थानिय तहमा महिलाको धेरै संख्या उपप्रमुखमा छ पूर्व उपसभामुख तुम्बाहाङफेले भन्नुभयो – उपप्रमुखले गर्ने न्याय निरुपण, अनुगमन लगायतका काम प्रभावकारी र सफल भएका छन् । उहाँले आफु लामो समय पार्टी राजनीतिबाट बाहिर भएकोले पार्टीका धेरै विषयमा जानकार नरहेकोले बताउनु भएको छ ।

सम्बन्धित

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

७ घन्टा अगाडि रेडियो नेपाल