तपाईँ सुन्दै हुनुहुन्छः

२९ थान अवैध लागुऔषध सहित दमौलीमा एकजना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाँउ २७ वर्षीय समिर पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार दिउसो व्यास १ भादगाँउस्थित आदिकवी भानुभक्त क्याम्पस नजिक लागुऔषध कारोबार भईरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँले पन्तलाई पक्राउ गरेको हो ।

सिभिल प्रहरी परिचालन गरी लागुऔषध कारोबार गर्ने व्यक्तिको निग्रानी गर्दै जाँदा पन्तलाई फेला पारी तत्काल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पन्तले बोकेको झोला खानतलासी गर्दा उनको साथबाट अवैध लागुऔषध डाईजेपामको शिशी ११ थान, फेनरागनको शिशी ११ थान र नुफिनको शिशी सात थान गरी कुल २९ थान लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबार गर्ने पन्तको साथबाट एक हजार रुपैयाँ र एक थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ ।

पन्तलाई तनहुँ जिल्ला अदालत उपस्थित गराई लागुऔषध मुद्दामा मुद्दा दर्ता गरी सात दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button