२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबलको आजको दुई खेलमा बासगढी र वालिङ्ग नगरपालिका बिजयी

सञ्जय कार्की २०७६ माघ १३ गते १७:४४

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको आजको दुई खेलमा बर्दियाको बासगढी नगरपालिका र स्याङ्गजाको वालिङ्ग नगरपालिका बिजयी भएको छ ।

स्वर्गीय शेरबहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा सुर्खेतको बीरेन्द्र नगरपालिका लाई एक का बिरुद्ध तीन गोलले हराउँदै बर्दियाको बासगढी नगरपालिका बिजयी भएको छ ।

खेलको मध्यान्तर अघिको २१आँै मिनेटमा बासगढी नगरपालिकाको जर्सीनम्बर ११ की अजिता घर्ती मगरले पहिलो गोल गरेर अग्रताको खाता खोलेकी थिईन भने लगतै २५औँ मिनेटमा सुर्खेतको बीरेन्द्रनगरपालिकाको जर्सीनम्बर ९ की सुष्मा रोकायाले आफनो टिमको तर्फबाट गोल गरेकी थिईन त्यसको प्रत्यिुतरमा बासगढी नगरपालिका जर्सीनम्बर ५ की सुष्मिता चौधरीले २७आँै मिनेटमा एक गोल गरिन् ।
मध्यान्तरपछि भएको खेलको ७२औँ मिनेटमा बासगढी नगरपालिकाको जर्सीनम्बर ६ की अन्जली खवासले गरेको एक गोलसहित तीन गोलले बासगढी नगरपालिका बिजयी भएको हो ।

सो खेलमा बासगढी नगरपालिकाका जर्सीनम्बर ५ की सुष्मिता चौधरी वमन अफ दी म्याचबाट घोषित भईन् ।

यस्तै दोस्रो खेलमा मोरङ्गको बीराटनगर महानगरपालिकालाई शुन्यका बिरुद्ध दुई गोलले हराउँदै स्याङ्गजाको वालिङ्ग नगरपालिका बिजयी भएको छ ।

मध्यान्तर अघि भएको खेलमा वालिङ्ग नगरपालिकाको जर्सी नम्बर ९ की अनिसा कार्कीले ३९औँ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाएकी थिईन् भने मध्यान्तरपछि वालिङ्ग नगरपालिकाको जर्सीनम्बर ९ की अनिसा कार्कीले ३९औँ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाएकी थिईन् ।

त्यस्तै भने मध्यान्तरपछि भएको खेलमा वालिङ्ग नगरपालिकाको जर्सीनम्बर १० की उदय थापाले ७०आँै मिनेट गोल गर्दै खेललाई बिजयी बनाएकी हुन् । उक्त खेलमा वालिङ्ग नगरपालिकाको जर्सीनम्बर ९ की अनिसा कार्की वमन अफ दी म्याचबाट घोषित भईन् ।

सम्बन्धित