तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक कुरिलो खेतीमा कृषक आकर्षित

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाका कृषक व्यावसायिक कुरिलो खेतीमा आकर्षित भएका छन् ।

स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने भएपछि त्यहाँका कृषकले व्यावसायिक कुरिलो खेती गर्न थालेका हुन् ।

बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो पाएपछि त्यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन् ।

स्थानीय जीवलाल घिमिरेले तीन रोपनी क्षेत्रमा व्यावसायिक रूपमा कुरिलो खेती गरी गत वर्ष पाँच लाखको आम्दानी गर्न सफल भएको उहाँ बताउनु भयो ।

त्यहाँ उत्पादित भएको कुरिलोको बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरे बताउनु भयो ।

हाल प्रतिकिलो चार सय रुपैयाँमा गाउँबाटै कुरिलो बिक्री भइरहेको छ ।
थोरै मिहिनेत गरेपछि प्रतिफल राम्रो पाइने, स्वास्थ्यका लागि अति उपयोगी, बजार भाउ राम्रो रहेकाले कुरिलो लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button