तपाईँ सुन्दै हुनुहुन्छः

लगानी कोषलाई लगानी विस्तारका लागि मार्ग प्रशस्त गरिने

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताउनुभएको छ ।

सङ्घीय संसदको अर्थ समितिको सोमबारको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा अर्थमन्त्री डा खतिवडाले कोषको सहायक कम्पनी स्थापना गरी पूँजी बजारमा लगानी बढाउने तयारीमा सरकार अगाडी बढेको स्पष्ट पार्नुभयो ।

छलफलमा अर्थमन्त्री खतिवडाले कोष मुद्राबजारको संस्था नभई पूँजी बजारको संस्था भएको उल्लेख गर्दै ‘मार्केट मेकर’ अत्यावश्यक भएकाले पनि नागरिक लगानी कोष त्यसतर्फ केन्द्रीत हुन आवश्यक छ भन्नु भयो ।

उहाँले नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई सामाजिक सुरक्षा कोषसँग मेल खाने गरी कुनै पनि प्रकारको योजना नल्याउन समेत निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button