तपाईँ सुन्दै हुनुहुन्छः

अध्यागमनमा नेपाली पोर्ट कार्यान्वयनमा, प्रधानमन्त्रीले गर्नुभयो उद्घाटन

काठमाडौँ । सरकारले अध्यागमन नाकामा नेपाली पोर्ट नामको अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम कार्यान्वयमा ल्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको एक्स रुमबाट आज नेपाली पोर्टको उद्घाटन गर्नुभएसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली कार्यान्वयनमा आएको छ ।

त्यसअवसरमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमै विदेशीहरुको नेपाल आगमन, बसाई र प्रस्थानलाई सरल, सुरक्षित र सूचना प्रणालिमा आधारित बनाउन नेपाल पोर्ट प्रणालिको शुरुवात गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि आर्थिक, सामाजिक र प्राविधिक विकासमा सरकार कार्ययोजनाका साथ अघि बढेको उल्लेख गर्नुभयो ।

नेपाललाई चीन र भारतजस्ता विकसित अर्थतन्त्रसँग आर्थिक कुटनीतिको माध्यमबाट जोड्न पूर्वाधारलाई विश्वस्तरको बनाउने तर्फ सरकारले जोड दिएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले समग्र प्रशासनमा नतिजाको खोजी गरेको प्रष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सन २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने, पर्यटन उद्योगको विकाससँग सगै लगानी तथा रोजगारी प्रवद्र्धन गरी दीगो आर्थिक विकास हासिल गर्ने कार्ययोजना अघि सारेको र वि.स २१०० सम्ममा उच्च मध्यम आय भएको स्वाधिन अर्थतन्त्रका रुपमा मुलुकलाई विकास गर्न लगानी बिस्तार गरिएको बताउनुभयो ।

विभागका महानिर्देशक ईश्वराज पौडेलले नेपाली पोर्ट लागू भएपछि सुरक्षा चुनौती धेरै घट्ने बताउनुभयो । आगमन र प्रस्थान दुवै पटक यात्रुको बायोमेट्रिक्स लिइने छ ।

अध्यागमनमा बायोमेट्रिक्स प्रणाली लागू भएसँगै यात्रुको तस्बिर हस्तरेखा रेकर्ड र यसले यात्रुको आँखाको नानी रेटिना समेत पढ्ने र त्यसको रेकर्ड राख्न सक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button