तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा (हेल्थ डेस्क) स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा भाइरसको सङ्क्रमणको अनुगमन गर्न निर्देशन दिएको छ ।

त्यस्तै चिनियाँ पर्यटकको बढी उपस्थिति हुने काठमाडाँै, पोखरा, चितवन र लुम्बिनी जस्ता स्थानहरुमा विशेष पूर्वसावधानी अवलम्बन गर्न सचेतनामूलक प्रचारप्रसार कार्य सञ्चालन गर्ने लगायतका निर्देशन दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button