तपाईँ सुन्दै हुनुहुन्छः

बाराको कलैयामा बृहत सरसफाइ अभियान सुरु, प्लाष्टिक झोला निषेध

बारा । समुदाय प्रहरी साझेदारी अन्तर्गत कलैया उपमहानगरपालिकाले बजार क्षेत्रको बृहत सरसफाइका गरेका छन् । नगर प्रमुख राजेश राय यादव, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक विकासराज खनालसहितको टोलीले सरसफाई अभियान शुरु गर्नुभएको थियो ।

नगर क्षेत्रको सरसफाइमा टोली परिचालन गर्नुको साथै सडक अतिक्रमण सम्ेत् हटाएका छन् । त्यसका लागि नगर क्षेत्रमा ४ वटा टोली परिचालन गरिएको थियो । वडा नम्बर १, ४, ५ र ६ अन्तर्गत पर्ने बजार क्षेत्रमा सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका टहरा, राखिएका निर्माण सामाग्री हटाइएको हो ।

बाँसबाट बनाइएका टहरा टोलीले नै भत्काइ दिएको छ भने पक्की टहरा हटाउन अल्टिमेटम दिइएको नगरप्रमुख यादवले बताउनुभयो । सर्वसाधारणलाई आवत जावतमा सहज बनाउन, कलैयालाई सुन्दर नगरको परिचय दिन नगर सरसफाइ अभियान सुरु गरिएको छ । कलैयालाई सरसफाइ सहर बनाउनका लागि प्लाष्टिक झोला निषेधका गर्न समेत गृहकार्य भइरहेको मेयर यादवले भन्नुभयो । सरसफाईमा कुनै बाधा आए प्रहरीले सहयोग गर्ने प्रहरी उपरिक्षक विकासराज खनालले बताउनुभयो । पुन अतिक्रमण हुन नदिन अन्य निकायसँग समन्वय गरेर निरन्तर अनुगमन गर्ने तयारी नगरपालिकाले गरेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी पोखरेलले पनि कलैयामा सरसफाइ अभियानलाई निरन्तर सञ्चालन गरिनुपर्ने देखिएको हुदा नगरपालिकाले कसेर लाग्नुपर्ने धारणा ब्यतm गर्नुभयो । अतिक्रम हटेपछि नगरबासी सहित जिल्लाको अन्य ठाँउ र बाहिरबाट आएकाहरुलाई पनि सजिलो हुने भएको हुदा नगरबासीहरु हर्षित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, बिभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार, नागरिक अगुवा सहित नागरिकहरुको ठूलो उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button