२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

हिंसा निगरानी समूहलाई क्षमता अभिवृद्धि तालीम

रेडियो नेपाल २०७६ माघ १४ गते ७:१२

कैलाली-हिंसा न्यूनीकरण गरी मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले गौरीगङ्गा नगरपालिकास्तरीय सञ्जाल हिंसा निगरानी समूहका लागि ‘क्षमता अभिवृद्धि’ तालीम सोमबार धनगढीमा सम्पन्न भएको छ ।

एफएमडिसी तथा विकास र परिवर्तनका लागि सञ्चारद्वारा आयोजित उक्त तालीममा तालीममा मानवअधिकारकर्मी तथा अधिवक्ता चेतराज भट्टले मानवअधिकार, राज्यको कार्यान्वयनको अवस्था, संविधान प्रदत्त मौलिक हक, पीडितका कानूनी अधिकार, विवाद र विवाद समाधानका रणनीति, नेतृत्व विकास, पैरवी वकालत, महिला हिंसालगायतबारे प्रशिक्षण दिनुभएको थियो ।

सो अवसरमा एफएमडिसीका कार्यकारी निर्देशक उमिद बागचन्दले गौरीगङ्गा नगरपालिकामा हिंसा न्यूनीकरण गर्न र मानवअधिकारको संरक्षण गर्न तालीम दिइएको जानकारी दिनुभयो । गौरीगङ्गालाई एक वर्षभित्र मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले हिंसा निगरानी समूहलाई तालीम दिइएको उहाँको भनाइ छ ।

विगतमा आफ्नो हक अधिकारबारे थाहा नभएको र तालीमपछि यी विषयबारे जानकारी पाएको तालीममा सहभागीहरुको धारणा थियो ।

सम्बन्धित

लायन्स क्लबद्वारा विद्यार्थीहरूलाई सहयोग 

४ घन्टा अगाडि अशोक विश्वकर्मा

रमजान पर्व भोलिदेखि शुरु

५ घन्टा अगाडि रेडियो नेपाल

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

६ घन्टा अगाडि कृष्ण न्यौपाने