तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तुको तथ्याङ्क संकलनः दश चितुवा भेटिए

पाल्पा-पाल्पाको माथागढी गाउँपालिकाले पशुपक्षीसँगै वन्यजन्तुको तथ्याङ्क संकलन गर्न थालेको छ । गाउँपालिका क्षेत्रभित्र पाइने पशुपक्षी तथा वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग गर्न गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको हो ।

प्राप्त प्रारम्भिक तथ्याङ्कमा चितुवा, बाँदर, वनकुखुरा, ढुकुर, मृगलगायतका वन्यजन्तु ठूलो मात्रा रहेको देखिन्छ । गाउँपालिकाको अधिकांश वन क्षेत्रमा बाँदर, मृग र स्याललगायतका वन्यजन्तु सबैभन्दा बढी रहेको देखिएको हो ।

गाउँपालिका क्षेत्रभित्रका कुन–कुन वन्यजन्तु, कहाँ कति मात्रामा रहेका छन् भन्ने विवरण गाउँपालिकाको वस्तुगत विवरण २०७६ मा ल्याउन लागेको हो । गाउँपालिकाले वडागतरूपमै वन्यजन्तुको तथ्याङ्क समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापामगरका अनुसार यो तथ्याङ्क प्रारम्भिक रहेकाले यसलाई अझै पूर्णता प्रदान गरिने बताउनुभयो ।

स्थानीय बासिन्दा, वन समूह, वन कार्यालय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा वन्यजन्तुको तथ्याङ्क सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष थापामगरको भनाइ छ । माथागढी गाउँपालिका–१ चिदीपानीको वन क्षेत्रमा चितुवा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button