तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन र विकासका लागि एकताबद्ध हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि सबै एकताबद्ध हुनु आवश्यक रहेको बताउनु भएकोछ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सबैदल एकताबद्ध हुदा विगतमा सफलता प्राप्त गरेको सुखद इतिहासको चर्चा गर्दै अबका दिनहरुमा पनि एकताबद्ध भएर सुशासन र विकासको बाटोमा अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरी अगाडी बढेको बताउदै प्राप्त उपलब्धीको स्वीकार्यता, संविधानको कार्यान्वयन, सुशासन र विकासका लागि सबै स्वस्थ प्रतिश्पर्धाबाट अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सभामुख चयनका केही ढिला भएपनि अब ऐन नियम र कानुन निर्माणमा ढिला नगरी एमसीसी जस्ता कतिपय महत्वपूर्ण विषयलाई पूर्णता दिनका लागि सवैले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्नु पर्ने बताउनु भयो ।

सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रुपमा अघि सारेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई सफल पार्न सरकार लागिपरेको पनि सदनलाई जानकारी गराउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री ओलीले दलीय आधारमा आफ्नो विशेष सम्बोधन मार्फत नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाइ सरकार आफ्नो दल र व्यक्तिगत तर्फबाट समेत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसदमा सरकारले प्रतिपक्षलाई पनि विश्वासमा लिएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

सभापति देउवाले लामो रस्साकसीपछि सभामुखको चयन भएकोमा खुसि व्यक्त गर्दै केही कानुन प्रतिकुल रहेका विधेयकहरुलाई अगाडी बढाउन नहुने पनि बताउनु भयो ।

उहाँले एमसीसी निकै अगाडीदेखि चरणबद्ध रुपमा आएको तथा यति धेरै आर्थिक सहायता मुलुकमा भित्रिन लागेकाले यसमा सबैको सहयोग रहनु पर्ने बताउनु भयो ।

राजपा नेपालका सांसद महेन्द्रराय यादवले हाल जेलमा रहेका राजपाका सांसद रेशम चौधरीको मुद्दा रानजैतिक प्रकृतिको भएकाले उहाँलाई राजनीतिक हिसाबले व्यवहार गरिनु पर्ने बताउनु भयो ।
सभमुख सापकोटालाई आफ्नो दलको तर्फबाट सुभकामना दिदै विगतको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नको निम्ति सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।

उहाँले उखु किसानको समस्या अझै पनि समाधान भैनसकेकाले तत्काल उनीहरुको समस्याको समाधान गर्न पनि सरकारलाई आग्रह गर्नु भयो ।

समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि दलका तर्फबाट नव निर्वाचित सभामुखलाई बधाई तथा सुभकामना दिदै प्रतिपक्ष र सत्तापक्ष दुवै मिलेर मात्रै लोककतन्त्रले पूर्णता हुने कताउनु भयो ।
द्वन्द्वको विषयलाई व्यक्ति व्यक्तिको मुद्दामा जान नहुेन र यसलाई वृहत शान्ति संझौताको मर्म अनुसार छिटो समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले एमसीसीको विषयमा पार्टी र गुटगत रुपमा धारणा आइरहेको भन्दै गहन रुपमा छलफल गरेर राष्ट्रिय रुपमा निश्कर्ष निकाल्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button