तपाईँ सुन्दै हुनुहुन्छः

स्टक एक्सचेञ्जद्वारा दोस्रो त्रैमासिक वर्गीकरण सार्वजानिक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले अधिकांश सूचीकृत कम्पनीहरुलाई खराब कम्पनीको सूचीमा राखेर दोस्रो त्रैमासिक वर्गीकरण सार्वजानिक गरेको छ ।

नेप्सेले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वर्गीकरण अनुसार १२ वटा वाणिज्य बैंक मात्र समूह ‘ए’ मा परेका छन् ।

नेप्सेको सूचीकरणमा हाल २११ कम्पनीहरु संलग्न छन् । त्यस मध्ये १७३ सूचीकृत कम्पनीहरु खराब कम्पनीको अर्थात वर्गीकरणको अन्तिम सूची जेड् समूहमा परेका छन् ।

‘बी’ वर्गमा कुनै पनि कम्पनी परेका छैनन् भने ‘जी’ वर्गमा ३२ वटा कम्पनीहरु परेका छन् ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५, को विनियम ११ बमोजिम कम्पनीहरुको वर्गीकरण सूची सार्वजनिक गर्दै आएको छ ।

दोस्रो बजारका लगानीकर्ताहरुको आकर्षण रहेका नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्सदेखि बन्द भइसकेका विराट सु, बुटवल स्पिनिङ्ग मिल्ससम्म जेड समूहमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button