तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै

काठमाडौं । आजबाट नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय समिति बैठक सुरु हुँदैछ । बैठकको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन तथा सांगठनिक प्रतिवेदन पेश गर्ने र सातै प्रदेशका संयोजकहरुले प्रदेश कमिटिको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

पार्टी एकता भएको डेढ वर्षपछि दोस्रो बैठक हुन लागेको र बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यतालिका रहेको छ ।

बैठक यही माघ २० गतेसम्म चल्ने छ । यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो ।

नेकपामा दुई पार्टी एकीकरण भएपछि ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button