तपाईँ सुन्दै हुनुहुन्छः

लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न आज नेपाल आउँदै

काठमाडौँ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयलका अनुसार आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा आजै यहाँ एक विशेष कार्यक्रमको आयोजना हुनेछ ।

विदेशमन्त्री एसलवर्नले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button