तपाईँ सुन्दै हुनुहुन्छः

सभागृहमा नेकपा केन्द्रीय समिति बैठक : के के छन् बैठकका एजेण्डा ?

काठमाडैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको पूर्ण बैठक राष्ट्रिय सभागृहमा सुरु भएको छ ।पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक उद्घाटन गरी संबोधन गर्दैहुनुहुन्छ ।

उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन तथा सांगठनिक प्रतिवेदन पेश गर्ने र सातै प्रदेशका संयोजकहरुले प्रदेश कमिटिको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

पार्टी एकता भएको डेढ वर्षपछि नेकपा केन्द्रीय समितिको दोस्रो बैठक बसेको हो ।

नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यतालिका रहेको छ ।

बैठक यही माघ २० गतेसम्म चल्ने छ । यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो ।
नेकपामा दुई पार्टी एकीकरण भएपछि ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

यस्ता छन् (नेकपा) केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू :
१. सहिदहरूप्रति श्रद्धाञ्जलि,
२. बैठकको उद्घाटन र उद्घाटन मन्तव्य ( सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली,
३. राजनीतिक प्रतिवेदन प्रस्तुति ( अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष कमरेड पुषपकमल दाहालूप्रचण्डू,
४. संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुति ( महासचिव विष्णुप्रसाद पौडेल,
५. प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामको रिपोर्टिङ,
६. समसामयिक प्रस्तावहरूको प्रस्तुति र
७. विविध ।

लाइभ भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

blob:http://ntv.org.np/7972b0a1-078a-4b0a-a17f-e50138ec1286

प्रतिक्रिया राख्नुहोस्

Back to top button