२०७७ साल चैत २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

विगुल फाउण्डेशनद्वारा कला, शिक्षा र पत्रकारिता क्षेत्रका चार जनालाई सम्मान

रेडियो नेपाल २०७६ माघ १५ गते १५:४०

दोलखा । समाजिक अभियन्ता लक्ष्मण गुभाजु र श्रीमती विपना श्रेष्ठ गुभाजुले बैवाहिक बर्षगाठको अवसरमा विगुल फाउण्डेशनको स्थापनासंगै कला, शिक्षा र पत्रकारिता क्षेत्रका चार जनालाई सम्मान गरेको छ ।

विगुल फाउण्डेशनबाट सम्मानित हुनेहरुमा बरिष्ठ कलाकार एवं जेष्ठ नागरिक संघका केन्द्रीय अध्यक्ष मदनदास श्रेष्ठ, शिक्षाविद् प्राध्यापक डाक्टर सुधा त्रिपाठी, पत्रकार चिरञ्जीवी मास्के र गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटका क्याम्पस प्रमुख शान्त केसी रहेका छन् ।

त्यसैरी विगुल फाउण्डेशनका संरक्षक लक्ष्मण गुभाजुको स्वर्गीय बहिनी होमकुमारी गुभाजुको नाममा गौरीशङ्कर बहुमुखी क्याम्पसमा एक लाख ११ हजार एक सय ११ रुपैयाको शैक्षिक अक्ष्यकोषको स्थापना समेत गरिएको छ ।

सो अवसरमा सम्मानपत्र प्रदान गर्नुहँुदै बागमती प्रदेश सदस्य बिशाल खड्काले समाजको विकास र परिर्वतनको लागि सामाजिक अभियन्ताहरुको सकारात्मक अभियान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले हरेक नागरिकले यस्ता बिभिन्न अवसरहरुमा सामाजिक विकास र उत्थानको लागि सहयोग पुग्ने काम गर्नु पर्ने बताउनुभयो ।

विगुल फाउण्डेशनका अध्यक्ष विपना श्रेष्ठ गुभाजुको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, नेपाली कांग्रेस दोलखाका नेता बर्मा लामा, बैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य बद्री चौलागाई, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेल, प्राध्यापक डाक्टर सुधा त्रिपाठी, गौरीशङ्कर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसी र विगुल फाउण्डेशनका संरक्षक लक्ष्मण गुभाजुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित

दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

१ घन्टा अगाडि रेडियो नेपाल

थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

२ घन्टा अगाडि कल्पना दाहाल