तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक सम्पति प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया

वीरगंज । उद्योग विभाग प्रदेश नं. २ को उद्योग मन्त्रालयको संयुक्त आयोजनामा आज वीरगंजमा औद्योगिक सम्पति (पेटेन्ट डिजाईन ट्रेडमार्क) प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा कुनै पनि कम्पनि उद्योग तथा उत्पादित सामग्रीको दर्ता कहाँ, कसरी गर्ने तथा उत्पादित सामग्रीको ट्रेडमार्क प्रतिलिपी अधिकार कसरी सुनिश्चित गर्ने सम्बन्धमा उद्योग व्यवसायीलाई विशेष रुपमा जानकारी गराईएको थियो ।

विगत केहि समय यता वीरगंज तथा वारा, पर्सामा ट्रेडमार्ग चोरीको समस्या बढदै गएपछि उद्योग विभागले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको विभागकी निर्देशक विन्दा आचार्यले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, वीरगंज भन्सार, वाणिज्य कार्यालय, वीरगंज महानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय लगायतका सरकारी कार्यालयका प्रतिनिधि, वीरगंजका उद्योगी, व्यवसायिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button