तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा केन्द्रीय कमिटीको बैठकः राजनीतिक प्रस्ताव माथि छलफल शुरु

काठमाडौं । तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओबादी केन्द्रबीच २०७५ साल जेठ ३ गते पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पाटी (नेकपा) भएको २ बर्षपछि केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बसेको हो ।

अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिबेदनमा पार्टीको राष्ट्रिय महाधिवेशन २०७७ साल चैत्र २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रिय महाधिवेशन अघि २०७७ साल भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव पनि गरिएको छ ।

राजनीतिक प्रतिवेदनमा २०७७ साउन महिनाको दोश्रो हप्तामा जिल्ला कमिटीले आ–आफ्नो जिल्लाको अभियानमा समिक्षा गर्ने र प्रतिबेदन तयार गरी प्रदेश कमिटीमा पठाउने, साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समिक्षा गर्ने र प्रतिबेदन तयार गरी केन्द्रीय कमिटीमा पठाउने र साउन महिनाको चौथो हप्तामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिबेदन पारित गर्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभा गृहमा सुरु भएको नेकपा केन्द्रिय कमिटीको बैठकको उदघाटन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर २१ औं शताब्दीसम्म आईपुग्दा मानवजातिले हासिल गरेका उपलब्धिसँगै पार्टी एकीकृत रुपमा अघि बढीरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले इतिहासमा विभिन्न उतार चढाव र विभाजन झेल्दै आएको नेपाल कम्युनिष्ट पार्टीले विगतको समिक्षा गरेर नै पार्टीलाई सबल र समृद्ध बनाउदै अघि बढ्ने संकल्पकासाथ दुई पार्टीबीच एकता सम्भव भएको उल्लेख गर्नुभयो ।

उहाँले पार्टीको ७१ बर्षे यात्रामा विभिन्न उतारचढाव, विभाजन, सरकार सञ्चालन र हाल लगभग दुई तिहाई बहुमत सहितको सरकार सञ्चालनसम्म आइपुग्दा मुलुकले असाधारण उपलब्धि हासिल गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले अहिले सरकार र पार्टीविरुद्ध प्रचार युद्ध छेडिएको भएपनि बादबिवादबाट नभएर सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाफ दिन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले तत्कालीन नेकपा एमाले र तात्कालिन नेकपा माओबादी केन्द्रबीच भएको एकतपछि मुलुकलाई समृद्धितर्फ लैजान र एउटा गन्तव्यमा पुग्न स्पष्ट बैचारीक स्पष्टता आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले मिलेनियम च्यालेञ्ज करपोरेसन एमसीसीका विषयलाई बैठकमा प्रवेश गराउनुहुँदै यसमा कुनै अनुचित स्वार्थ नरहेको र यसले मुलुकको सार्वभौमसत्तामा कुनै नकारात्मक प्रभाव नपार्ने समेत स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले ५ दिनसम्म चल्ने केन्द्रीय कमिटीको पूर्ण बैठक सानदार व्यवस्थित र उपलब्धिमूलक हुने विस्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button