तपाईँ सुन्दै हुनुहुन्छः

‘कोशी टप्पु वन्य जन्तु आरक्षमा विदेशी पर्यटक  भित्र्याउन पूर्वाधारमा ध्यान दिनुपर्ने’

सुनसरी । कोशी टप्पु वन्य जन्तु आरक्षमा विदेशी पर्यटक भित्राउन पूर्वाधारमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

कोशी टप्पुमा विदेशी पर्यटक नग्नय अवस्थामा आएकाले विदेशी पर्यटक आकर्षण गर्न पर्यटकका लागि आवास र घुम्ने ठाउँको निश्चितता र भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने बताएका छन् ।

विदेशी पर्यटक अन्य वन्यजन्तु आरक्ष र निकुञ्जमा आएको पर्यटकभन्दा निकै कम रहेकाले यसलाई बढाउन के गर्नुपर्छ भन्ने बिषयमा सरोकारवालासँग गरिएको संवादमा यस्तो आवश्कत्ता औल्याइएको हो ।

कोशी टप्पु वनजन्तु आरक्षका रेन्जर लक्ष्मण कुमार महतोले कोशी टप्पु चितवन राष्ट्रिय निकुञ्ज र सौराहा भन्दा प्राकृतिक र जैविक हिसाबले निकै धनी रहेको भएपनि यहाँ प्रचार प्रसार अभाव र पर्यटकलाई राख्ने सक्ने भौतिक पूर्वाधारको अभावले समस्या रहेकाले पूर्वाधारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

महतोले हात्ती सफारी जंगल सफारी बोर्टिङ्ग चरा अवलोकनलगायतका कुराहरु गर्न सक्ने भएपनि नगरेकाले ओझेलमा परेको बताउनुभयो ।

महतोले ढिलो भएपनि कोशी गाउँपालिकाले माघ १९ गतेदेखि कोशी पर्यटक महोत्सव आयोजना गरेको र हात्ती सफारी मोटर बोर्टिङ्ग बिभिन्न खेलकुद र रमाइलो मेलालगायतको कार्यक्रम रहने गरी कोशी पर्यटन महोत्सव गर्न लागेकोमा सकारात्मक पक्ष देखिएको बताउनुभयो ।

त्यसैगरी कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले पर्यटकीय र जैविक हिसाबले धनी क्षेत्र कोशी टप्पु ओझेलमा परेकाले उत्थानका लागि कोशी पर्यटन महोत्सवको आयोजना गर्न लागेको बताउनुभयो ।

अध्यक्ष अन्सारीले नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० साकार पार्न तथा कोशी टप्पुलाई नेपाल भारत सहित विश्वभरी प्रचार प्रसारका लागि ११ दिने महोत्सवको आयोजना गर्ने तयारी गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button