तपाईँ सुन्दै हुनुहुन्छः

बहुबिवाहको आरोपमा एकजना पक्राउ

बैतडी । बहुबिवाह गरेको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिगास गाउँपालिका ९ का ३० बर्षीय हरीमल बिक रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

बिकले गत पौषमा दोस्रो बिवाह गरेको भन्दै बिककी पहिलो श्रीमती भागरथीले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो । बिकलाई मंगलवार दिउँसो घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पक्राउ परेको बिकमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button