२०७८ साल वैशाख ७ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल : बालिङ्ग नगरपालिका र बिराटनगर महानगरपालिका बिजयी

सञ्जय कार्की २०७६ माघ १५ गते १७:१८

रौतहट । चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको छैठौ दिनमा भएको दुई खेलमा बालिङ्ग नगरपालिका र बिराटनगर महानगरपालिका बिजयी भएको छ ।

यससँगै दुबै टिम सेमिफाईनलमा प्रबेश गरेको छ । चन्द्रनिगाहपुरमा रहेको स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा सुर्खेतको बीरेन्द्रनगरपालिकालाई शुन्यका बिरुद्ध तीन गोलले हराउदै स्याङ्गजाको वालिङ्ग नगरपालिका बिजयी भएको हो ।

मध्यान्तर अघि दुबै टिमले गोल गर्न नसके पनि मध्यान्तर पछिको पाच मिनेट र ३५ मिनेटमा स्याङ्गजाको वालिङ्ग नगरपालिकाको जर्सीनम्बर १४ की सरस्वती हमालले दुई गोल गरिन् भने बालिङ्ग नगरपालिकै जर्सीनम्बर २६ की मनमाया दमाईले खेलको २७औँ मिनेटमा गोल गरेसँगै तीन गोलले वालिङ्ग नगरपालिका बिजयी भएको हो ।

उक्त खेलमा वालिङ्ग नगरपालिकाको सरस्वती हमाल वमन अफ दि म्याचबाट पुरस्कृत भएकी छिन् ।

यस्तै सोही मैदानमा भएको दोस्रो खेलमा बर्दियाको बासगढी नगरपालिका लाई शुन्यका बिरुद्ध एक गोलले बिराटनगर महानगरपालिकाको टिम बिजयी भएको छ ।

मध्यान्तर अघि भएको खेलको ७ मिनेटमा बीराटनगर महानगरपालिकाकोजर्सी नम्बर १९ की कुसुम खतिवडाले गरेको एक गोलले नै टिमलाई बिजयी बनाएको हो ।

खेलको मध्यान्तर अघि बिराटनगर महानगरपालिकाको टिमको आक्रामक प्रस्तुति रहेको थियो भने मध्यान्तरपछि बासगढी नगरपालिकाको खेल उत्कृष्ट रहे पनि गोल भने हुन सकेन् ।

सो खेलमा बिराटनगर महानगरपालिकाका सरिता शेर्पालाई वमन अफ दी म्याचबाट पुरस्कृत गरिएको छ ।

सम्बन्धित

टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि …

७ मिनेट अगाडि सानेबहादुर नेपाली