तपाईँ सुन्दै हुनुहुन्छः

‘पूर्वाधार विकासका लागि वैदेशिक स्रोतको आवश्यकता’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिक लगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ ।

आज अर्थ मन्त्रालयमा स्वीस इन्भेष्टमेण्ट फण्ड फर इमर्जिङ मार्केट्स का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्व राजदूत Jorg Frieden नेतृत्वको टोलीसँग भएको भेटवार्तामा अर्थमन्त्री डा. खतिवडाले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक स्रोतको आवश्यकता भएको बताउनु भयो ।

भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा समेत जानकारी गराउनु भयोे ।

अर्थमन्त्री डा. खतिवडाले विभिन्न देशहरुसँग दोहोरो करमुक्ति सम्झौताको प्रकृया अगाडि बढाइएको, च्यालेन्ज फण्डको शुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानूनहरु निर्माण गरिएको र विद्यमान कानूनको परिमार्जन गर्न लागिएको बताउनु भयो ।

उहाँले विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालन मार्फत नेपालले सहकार्य गर्न चाहेको समेत स्पष्ट पार्नुभयो ।

Frieden को नेतृत्व टोलीले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर खुल्ला भएकोमा खुशी व्यक्त गरेका थियो । सो भेटमा नेपालका लागि स्वीस राजदूत Elisabeth Von Capeller tyf Swiss Investment Fund For Emerging Markets का प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button