२०७७ साल चैत २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

गलत काम गर्ने प्रहरी कर्मचारीहरूलाई कारवाही गरिनेः डिआईजी पोखरेल

रेडियो नेपाल २०७६ माघ १५ गते १९:२८

काठमाण्डौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल सहितको टोलिले बुधावार दिउसो महानगरीय सशस्त्र प्रहरी गण र महानगरीय प्रहरी शिक्षालय महाराजगंजको निरिक्षण गर्नु भएको छ ।

निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेले विशेष परिस्थितमा गणमा कार्यरत रहेका प्रहरी कर्मचारीहरू परिचालन हुने हुनाले खटिएको ठाउँमा नमुनाको रूपमा रहदै बोली व्यवहारमा नम्रता(शिष्टता एवं व्यवसायिक र कानूनको उल्लघंन नगरी कार्य गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।

विशेष परिस्थितिमा खटिने जनशक्ती भए पनि कार्यक्षेत्रमा खटिदा तपाईको कार्य पाईला पाईलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाट समेत ब्गमष्त भैरहेको हुनाले गलत गर्ने प्रहरी कर्मचारीहरूलाई भ्हअगकभ नगर्ने दोहोर्याउदै व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता क्षम्य नहुने कारवाही गरेरै छाड्ने बताउनु भयो ।

प्रहरीको एउटा सदस्यको सानो कमजोरीका कारण ठुल(ठुला उपलब्धि पनि छाँयामा पर्ने तथा समग्र संगठनको छवीमा आच आउछ भन्दै कुनै पनी कमजोरी नगरी जनअपेक्षा, राज्य संयन्त्र र सरकारको अपेक्षा अनुसार व्यवसायिक क्षमतालाई अभिवृद्धी गर्दै प्रभावकारी सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनु भयो ।

एक पटक प्रहरी सेवामा प्रवेश गरि सेवाबाट अलग भएपनि आफ्नो २र३ पुस्ता सम्म प्रहरीकै नाम जोडिएर आउने हुनाले प्रहरीको पद वा गरिमालाई बढाउने गरी कार्य गर्न समेत निर्देशन दिनु भयो ।

विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यस तर्फ सचेत रहदै शान्ती सुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिन रात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न समेत उहाले निर्देशन दिनु भयो ।

सम्बन्धित

विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

१ मिनेट अगाडि शेरबहादुर सिंह

भारतमा एकै दिन एक लाख ५२ हजार सङ्क्रमित

११ मिनेट अगाडि रेडियो नेपाल

सोमालियाको विस्फोटमा पाँचको मृत्यु

१५ मिनेट अगाडि रेडियो नेपाल