तपाईँ सुन्दै हुनुहुन्छः

विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैनः पूर्वराष्ट्रपति यादव

तनहुँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले विकासको नाममा गरिने प्राकृतिक दोहनलाई रोक्नुपर्ने बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा पूजाअर्चनाका लागि पुग्नुभएका पूर्वराष्ट्रपति डा यादवले आज पत्रकारसँग कुरा गर्नुहुँदै राजमार्ग निर्माण गर्दा वनजङ्गलको जथाभावी फँडानी गर्न नहुनेमा जोड दिनुभयो ।

उहाँले प्राकृतिक सम्पदाको सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button