तपाईँ सुन्दै हुनुहुन्छः

‘शहीदका सपनालाई विपनामा रुपान्तर गर्न सङ्कल्प गरौँ’

रासस । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गर्नुभएको छ ।

शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त एवं समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास लिनुभएको छ ।

लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्दै सभापति देउवाले यसबाट नै विद्यमान विसङ्गतिको अन्त्य हुने र राष्ट्रले दु्रततररुपमा विकास र निर्माणका कार्य गर्ने बताउनुभएको छ ।

विसं १९९७ देखि २०६२÷०६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतले आफ्नो प्राणको आहुति दिएका छन् ।

नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउन आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदमा श्रद्धा व्यक्त गर्न, उनीहरुको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइरहेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button