तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशी नागरिकद्वारा आफ्नै साथीको हत्या

काठमाडौं । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बङ्गलादेशीले आफ्नै साथीको हत्या गरेको खुलेको छ ।

महानगरीय प्रहरीवृत्त कालीमाटीका अनुसारसँगै आएका दुला मियाँले मोहिद्दिन अहमदको हत्या गरेको प्रहरीले जनाएको छ । ढिला सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति भने नाका पार गरेर फरार भएका छन् ।

वृत्तका प्रमखु प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार हत्यामा आर्थिक विषय जोडिएको आशङ्का गरिए पनि यकिन हुन सकेको छैन । उहाँका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोमा जान्थे । यसपाली उनीहरु यही माघ ६ गते जनवरी २० तारिखमा पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एयरलाइन्सको सिट १० को वि र सीमा बसेर उनीहरु आएको खुलेको छ ।

एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट २१ तारिखमा टाउकामा बोतलले हानेर हत्या गरेको देखिएको कुँवरले जानकारी दिनुभयो । मारेर फरार भएपछि जनवरी २२ तारिख साँझ ४ः१५ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो । त्यो बेला अपराधी भारत फरार भइसकेका थियो ।

प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको उहाँले बताउनुभयो । उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी तीन दिनअघि नै आफन्तले शव लिएर गइसकेका छन् ।

उनी क्यासिनोका नियमित ग्राहक भएको बुझिएको छ । होटलमा दैनिक १५ सयमा भाडामा बसेका उनी ट्राभल एजेन्सी भएको खुल्न आएको छ । प्रहरीले घटना थाहा पाउँदा मियाँ भने रक्सौल हुँदै फरार भएको पाइएको प्रहरी अनुसन्धानमा खेलेको छ । खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर शव राखिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button