तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिवेदनमाथि समूहगत छलफल जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको पूर्ण बैठक आज पनि जारी छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा हिजोबाट सुरु बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिबेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिबेदन तथा विधान संशोधन प्रस्तावमा आज समूहगत छलफल भइरहेको छ ।

बर्णानुक्रमसार १५ वटा समूहमा सदस्यहरुले प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा छलफल गरी भोली र पर्सी समूह नेताहरुले आ–आफ्ना समूहका तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने र पार्टीका केन्द्रीय निकायका अध्यक्षहरुले आ–आफ्नो विचार राख्ने कार्यक्रम रहेको छ ।

माघ १९ गतेसम्मका लागि तय गरिएको बैठकको अन्तिम दिन समूहगत छलफलबाट आएका विषयहरुमा निष्कर्ष प्रस्तुत गरेर दस्तावेज पारित गर्ने, स्थायी कमिटी र सचिवालयका निर्णयहरुमा छलफल गरी अनुमोदन गर्ने लगायत समासामयिक प्रस्तावमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button