तपाईँ सुन्दै हुनुहुन्छः

१५ हजार घुस रकमसहित जिल्ला वन कार्यालयका अधिकृत पक्राउ

महोत्तरी । महोत्तरीको जलेश्वरबाट घुस रकमसहित जिल्ला वन कार्यालय महोत्तरीका एक अधिकृत पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले सव डिभिजन कार्यालयका वनका अधिकृत राम अशिष यादवलाई घुससहित पक्राउ गरेको हो ।

जिल्ला सरकारी वकीलको कार्यालय हाता भित्रबाट अधिकृत यादवलाई १५ हजार रुपैयाँ घुस रकम सेवाग्राही संग लिँदै गर्दा पक्राउ गरिएको आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

पक्राउ परेका अधिकृतलाई बर्दिवास ल्याउने तयारी भईहेको र थप अनुसन्धान गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button