तपाईँ सुन्दै हुनुहुन्छः

४० जना टुहुरा बिद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण

बैतडी । बैतडीको सुर्नया गाँउपलिका ५ मा रहेको रौलेश्वर माबि रामकी बरायलमा आज देखि दिवाखाजा कार्यक्रम सुरु भएकोछ ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रति तहका लागी सञ्चालन गरिने उक्त खाजा कार्यक्रम आजदेखि सञ्चालनमा आएको बिद्यालयका प्रधानाध्यापक उद्धवबहादुर बिष्टले बताउनुभयो । यसका साथै बिद्यालयका पुर्व बिद्यार्थी रिजन मडैले हरेक बर्ष टुहुरा बालबालिकाहरुलाई बितरण गर्दै आएको लुगाकपडा तथा कापी कलम पनि आजै बितरण गरिएको छ ।

टुहुरा ४० जना बिद्यार्थीहरुलाई रिजनका आमा जैमति मडैले उक्त सामग्री बितरण गर्नुभएको हो । टुहुरा बालबालिकाहरु पैसाको अभावमा पोसाक र शैक्षिक सामग्री किन्न नसकी पढाईबाट वञ्चीत नहुन भन्नका लागी बितरण गरिएको उहाँले बताउनुभयो ।

आज बिद्यालयमा वडा न. ५ का अध्यक्ष केशबसिंह मडैको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाँउपालिकाका शिक्षा शाखा संयोजक मदनराज पन्त प्रमुख अतीथी रहनुभएको थियो । कार्यक्रममा बिद्यार्थी, शिक्षक तथा अविभावकहरुको सहभागीता थियो । बिद्यालयमा आज बिद्यार्थीहरुले सरस्वति पुजापनि गरेकाछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button