तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव सुरु

बर्दिवास । महोत्तरीको बर्दिवासमा बर्दिवास आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति महोत्तरीले विहिबारबाट सुरु भएको महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटनलाई समृद्धिको प्रमुख आधारका रुपमा लिएर सरकारले भ्रमण वर्षलाई अभियानको रुपमा अघि बढाएकोे बताउनुभयो ।

उहाँले नेपालीले विदेश भ्रमणलाई भन्दा पहिले नेपाल भ्रमण गर्न आवश्यक रहेकोे बताउनुभयो ।

उपराष्ट्रपति पुनले देशको विविधता पुस्तकमा पढेर थाहा पाउन देश घुम्नै पर्ने बताउनुहुँदै त्यसका लागि सडक र पूर्वधार क्षेत्रको विकासका ध्यान दिन म सरकारलाई आग्रह गर्नुभयो ।

बर्दिवास क्षेत्रमा रहेको कृषि पर्यटन कला संस्कृति तथा व्यापार प्रवद्र्धन गर्ने र बर्दिवासलाई प्रदेश २ कै व्यापारिक केन्द्र बनाउने उद्देश्यले महोत्सवको आयोजना गरीएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति महोत्तरीका अध्यक्ष सन्तराज मोक्तानले जानकारी दिनुभयो ।

महोत्सव आगामी माघ २५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button